चर्चित निर्देशक ‘विपीन’को निर्देशनमा गायिका रिता के.सी.को “एउटै छ तन” सार्वजनिक (भिडियो)

काठमाडौं – नेपाली सांगितिक बजारमा गायिका रिता के.सी.को स्वरमा रहेको गीत “एउटै छ तन” को भिडियाे सार्वजनिक भएको छ ।  गायिका के. सी. ले आफ्नै अफिसियल युट्युब च्यानल Rita K C बाट भिडिओ  सार्वजनिक गरेकी हुन् ।

नृपध्वज खड्काको शब्द रचना, राम धिमालको सङ्गीत र मनोहर सुनामको सङ्गीत संयोजन रहेको यस गीतमा भोला पौडेलले मिक्सिङ र माष्टरिङ गरेका छन् । वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा तयार भएको यस म्युजिक भिडियाेमा चर्चित निर्देशक एवं सम्पादक वीरेन्द्र भाट “विपिन” को निर्देशन, सिनेम्याटोग्राफी र सम्पादन रहेको छ ।

मान्छेको तनको महिमा र महत्व वयान गरिएको यस गीतमा तनलाई सर्वोपरि ठानिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्