संसदमा सरकारमाथिको विश्वास घटेको एमाले अध्यक्ष ओलीको टिप्पणी

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा मतदानमार्फत् बजेट पारित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया व्यक्त गरेका हुन् । अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा पुगेको बताए । एमालेको माग अनुसार बजेट पारित गर्नका लागि प्रतिनिधिसभा बैठकमा मतदान भएको थियो ।

ओलीले  भने, –‘गठबन्धनसँग बहुमत थियो । बजेट पारित हुनु स्वभाविक हो । हामीले आफ्नो मत देखायौं । ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झ¥यो प्रधानमन्त्रीमाथिको विश्वास भन्ने त्यहाँ देखियो । अरु त्यसमा केही भनिरहनु परेन ।’ अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग बहुमत भएकाले बजेट पारित हुनुलाई आफूहरुले स्वभाविकै रुपमा लिएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्