आज शेयर बजारमा केहि हरियाली

काठमाडौ – आज बुधवार शेयर बजारमा केहि हरियाली छाएको छ । दोहोर अंकको बृद्धिसँगै शेयर बजार परिसूचक नेप्से एक हजार नौ सय २० दशमलव १३ विन्दुमा पुगेको छ । आज १५ दशमलव १४ अङ्कले बढेका् हो ।

आज म्युचुल फन्डबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय ७३ वटा कम्पनीका २५ लाख ७९ हजार कित्ता शेयर ८७ करोड २१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेड, मोलुङखोला हाइड्रो र गुराँस लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्