आज सुनको मूल्यमा बृद्धि

आज सुनको मूल्यमा बृद्धि भएको छ । प्रतितोला तीन सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख १० हजार ३ सय रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबारदेखि सुनको मूल्य स्थिर भएको थियो । अघिल्लो दिन छापावाला प्रतितोला एक लाख १० हजार रूपैयाँ र तेजाबी सुन एक लाख ९ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँ बढेर एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य भने १५ रूपैयाँले घटरे एक हजार ४३५ रूपैयाँमा खरिद बिक्री भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्