आईपीएलमा आज राजस्थान रोयल र लखनउ सुपर जायन्ट्स भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्र्तगत आज राजस्थान रोयल र लखनउ सुपर जायन्ट्स भिड्दैछन् । नेपाली समय अनुसार खेल पौनो ८ बजे हुनेछ ।
हिजो भएको खेलमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई १४ रनले हराउएको थियो ।

मुम्बईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर ५ बलमा अलआउट हुदै १ सय ७८ रन बनायो । उसका मंयक अग्रवालले सर्वाधिक ४८ रन बनाए । हेनरिक केल्सनले ३६ रन जोडे । मुम्बईका जेसन बेहरानड्राफ्ट, राईली मेरीडेथ र पियुष चावलाले समान २÷२ तथा अर्जुन तेन्दुलकर र क्यामरुन ग्रिनले समान १÷१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । मुम्बईका क्यामरोन ग्रिनले अविजित ६४ रन बनाए । ग्रिनको आईपीएल क्रिकेटमा यो पहिलो अर्धशतक पनि हो । ईशान किशनले ३८ तथा तिलक बर्माले ३७ रन जोडे । हैदराबादका मार्को जोनसनले २ तथा टि नटराजन र भुवनेश्वर कुमारले समान १÷१ विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्