गोपाल दयालको फ्लप सिंगर गीत सार्वजनिक

काठमाडाैं – गायक गोपाल दयालको नयाँ गीत सार्वजनिक भएको छ । फ्लप सिंगर गीत गोपाल दयालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । अलि अलि खर्च गरेर म त गायक भइसके, अलिअलि पैसा तिरेर म त गायक भइसके । टिकटक, युट्युब, फेसबुकमा म त भाइरल भइसके लगायतका शब्द समावेश गरि गायकले गीत तयार पारेका छन् ।

कला गलाको मूल्यांकन नभई चर्तिकलाको मूल्यांकन हुने भन्दै गीत संगीत पैसासँग जोडिएको गीतमा उल्लेख गरेका छन् । जस्तो व्यक्तिपनि गायक भइरहेको भनि गीतमा समावेश गरेको छ ।

गीतमा शब्द गोपाल दयाल र सन्तोष बिसीको रहेको छ भने गीतलाई नरायण दंगालले संगीत संयोजन गरेका छन् । मिलन श्रेष्ठको निर्देशनमा तयार पारिएको भिडियोको छायांकन पुरुषोत्तम दाहालले गरेका छने भने रोशन गहा मगरले सम्पादन गरेका छन् । म्यूजिक प्लस स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतमा गायक दयाल, नरायण दंगाल, शक्ति वाइवा र लोकेन्द्र नाथले अभिनय गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्