सुनको मूल्य हाल सम्मकै उच्च, एकै दिन ३ हजारले वृद्धि, प्रतितोला मूल्य एक लाख १० हजार ३३ रुपैयाँ

काठमाडौं – आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावfल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको छ ।

सुनको मूल्यलले हालसम्मकै उच्च रेकर्ड कायम गरेको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए । ‘आज छापावfल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ तोकिएको छ,’ महासचिव बज्राचार्यले भने,’यो हालसम्मकै उच्च मूल्य हो ।’

शुक्रबार प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा सुनको खरिद बिक्री भएको थियो । आइतबार दुई हजार ९३३ रुपैयाँले सुनको भाउ बढेको हो । यसअघि माघ १९ गते सुनको मूल्य हालसम्मकै उच्च मूल्य एक लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघकाअनुसार आज तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय रुपैयाँ कामय भएको छ भने चाँदीको मूल्य पनि बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्