दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल फिल्म ‘इन्डियन २’ बाट फेरि पर्दामा

एजेन्सी – दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल फिल्म ‘इन्डियन २’ बाट फेरि पर्दामा फर्किने भएकी छन् ।

विवाहपछि फिल्मबाट टाढा भएकी काजलले गत वर्ष छोरालाई जन्म दिएकी थिइन् । अब उनी आफ्नो काममा फर्किएकी छिन् । काजल अब दक्षिण भारतीय अभिनेता एवं फिल्म निर्माता कमल हसनको फिल्म ‘इन्डियन २’ बाट फेरि पर्दामा देखिने भएकी छन् । उनले फिल्मको छायांकन पनि सुरु गरिसकेकी छन् ।

काजलले सामाजिक सञ्जालमा आफ्नो एक तस्वीर सार्वजनिक गर्दै यो जानकारी दिएकी हुन् । काजलले ट्वीटरमा फिल्मको सेटबाट एउटा तस्वीर सार्वजनिक गरेकी छिन् । उक्त तस्वीरमा उनले फिल्ममा आफ्नो लुक भने खुलाएकी छैनन् । तस्वीरमा काजलले इमोजीको सहायताले अनुहार लुकाएकी छिन् । क्याप्सनमा उनले ‘इन्डियन २’ ह्यासट्याग राखेकी छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार यसअघि काजलले ‘इन्डियन २’ मा आफ्नो भूमिकाका लागि घोडासवारी पनि गरेकी थिइन् । घोडा चढेको भिडियो सार्वजनिक गर्दै उनले लामो समयपछि काममा फर्केको कुरा उल्लेख गरेकी थिइन् ।

फिल्मको गत साता चेन्नईमा छायांकन भएको थियो । यसअघि आन्ध्र प्रदेशको तिरुपतिमा पनि फिल्मको छायांकन भइसकेको र अझै फिल्मको छायांकन १ महिनासम्म चल्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्