भानुभक्त जोशी र गौरी भट्टको स्वरमा रहेको “पाताल भूमेश्वर” गीत बजारमा (भिडियो सहित)

काठमाडाैं – चर्चित डेउडा गायक भानुभक्त जोशी र गायिका गौरी भट्टको स्वरमा रहेको “पाताल भूमेश्वर” गीत सार्वजनिक भएको छ । निरन्तर मिडियोको युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको छ । भानुभक्त जोशीको शब्द तथा लय संगीत रहेको उक्त गीत एबीबी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । भूवन बडूले संगीत संयोजन गरेका छन् भने मिस्किङ अशोक विष्टले गरेका छन् ।

भिम थापाको निर्देशकनमा तयार पारिएको उक्त गीतको छायांकन नरेश एरले गरेका छन् । यस्तै बिनोद बमले सम्पादन गरेका छन् भने साइनो फिल्मस् प्रा.लि.ले दृश्य निर्माण गरेको छ । अभिनयमा भानुभक्त जोशी, अकोश, सुरेन्द्र, धुव्र, लोकेन्द्र, जनक, विष्णु, सरु र प्रतिमाले साथ दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्