अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं – आईसीसी लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् ।

नेपाली टिममा एक परिवर्तन गरिएको छ । तेस्रो खेलमा खेलेका तीव्र गतिका बलर गुल्सन झालाई स्पिनर ललित राजवंशीले प्रतिस्थापन गरेका छन् । नेपालले जारी घरेलु मैदानमा भएको सिरिजको पहिलो खेलमा नामिबीयालाई २ विकेटले तथा शुक्रबार भएको दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेट र तेस्रो खेलमा नामिबीयालाई ३ विकेटले पराजित गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्