आधुनिक लोकपप सर्वाेत्कृष्ट ध्वनी मिश्रण विजेतामा जीवन बडू

काठमाडाैं – सर्वाेत्कृष्ट ध्वनी मिश्रण आधुनिक लोकपपका विजेतामा जीवन बडू पर्न सफल भएका छन् । राष्ट्रिय रापती म्यूजिक अवार्ड २०७९ अन्र्तगत लोकपपतर्फ सर्वात्कृष्ट ध्वनी मिश्रणमा जीवन बडु विजेता बनेका हुन् । राप्ती समाज काठमाडौँको आयोजनामा मंगलबार आयोजना गरेको कार्यक्रममा जीवन बडूले अवार्ड प्राप्त गरेका हुन् ।

चर्चित गायिका एलिना चुहानको स्वरमा रहेको नेपाली आधुनिक पप गीत दुई बर्ष अगाडी सार्वजनिक भएको थियो । जसका एरेन्जर जीवन बडु रहेका थिए । बिग परिवेश डिजिटल स्टुडियोमा रेकर्ड भएको उक्त गीत सर्वात्कृष्ट छनोटमा परेको हो । जीवन बडु सोहि स्टुडियोमा ध्वनी मिश्रण (एरेन्जर) को रुपमा कार्यरत छन् ।

राप्ती समाज काठमाडौँले राप्ती अवार्डका लागि विभिन्न विधामा उत्कृष्ट दश जनाहरुको नाम र गीत सार्वजनिक गरेको थियो । त्यसपश्चात भोटको आधारमा विजेता चयन गरेको हो । विभिन्न विधामा बढी भोट प्राप्त गर्ने व्यक्ति विजेता घोषणा गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्