दुई तिहाई महिला समावेश गर्दै जरोकिलोले बुझायो बन्द सुची

काठमाडौं – मौलिक जरोकिलो पार्टीले दुई तिहाई महिला समावेश गर्दै सुदुरपश्चिम प्रदेश सभा समानुपातिकको बन्द सुची निर्वाचन आयोगमा पेश गरेको छ । कानुनले कम्तीमा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनु पर्ने व्यवस्था गरे पनि आफूहरुले ६६.६६ प्रतिशत महिला समावेश गरी बन्द सुची पेश गरेको पार्टीका सुदुरपश्चिम अध्यक्ष खिमानन्द जोशीले जानकारी दिनुभयो ।

समानुपातिक तर्फ आदिवासी जनजाति १, खस आर्य ७, थारु ३ र दलित ३ गरि कुल १४ महिला समानुपातिकको बन्द सुचीमा समावेश गरिएको उहाँले बताउनुभयो । अन्य दलहरुले पुर्व सभामुख देखि उपप्रधानमन्त्री सम्मलाई समानुपातिक तर्फ सिफारिस गरिरहेका बेला आफ्नो दलको प्राथमिकतामा बाढी पिडित, सुकुम्बासी लगायत सिमान्तकृत वर्गका मान्छे परेको जोशीको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्