भुवन प्रकाश बडुको ठाडी भाका “सुदूरपश्चिम रोयाको छ” सार्वजनिक

काठमाडाैं – अविरल बर्षापछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको घटनामा आधारित ठाडी भाका सार्वजनिक भएको छ । विग परिवेशको आधिकारिक युट्युब च्यानलबाट उक्त मार्मिक गति सार्वजनिक भएको छ । भुवन प्रकाश बडुको नौलो ठाडी भाका सुदूरपश्चिम रोयाको छ गीत निक्कै मार्मिक एव्म दुखद् मनछुने शब्द समावेश गरिएको छ ।

भुवन प्रकाश बडुको स्वरमा रहेको उक्त गीत बीग परिवेशमा रेकर्ड गरिएको छ भने गीतमा लय जनक साउद तथा संगीत भुवन प्रकाश बडुको रहेको छ । सुदूरपश्चिमका अछाम जिल्ला लगायतका अन्य जिल्लामा आएको बाढी पहिरो र बाढी पहिरोमा परि ज्यान गुमाउनेको सम्झना र यथार्थ घटनामा आधारित उक्त गीत सुन्दा सबैको मन रुने खालको छ ।

बिपत्ती परेर सुदूरपश्चिम रोएको, कोहि मान्छे जमिनका तल, कोहि जमिनका माथि, २३ जना एकैदिन दैवले लगेको, कसैकी घरवार छैन, कसैको खेत छैन जस्ता निक्कै मार्मिक शब्द गीतमा समावेश गरिएका छन् ।

२०७९ साल भदौ ३१ गते सुदूरपश्चिम प्रदेशका अछाम लगायतका अन्य पहाडी जिल्लामा अविरल बर्षासँगै आएको बाढी र पहिरोमा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धान्जली तथा घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्