बुधबार सुनचाँदीको मूल्य सस्तियो

काठमाडाैं – बुधबार सुनचाँदीको मूल्य सस्तिएको छ । भदौ ५गते, सुन तोलामा ५०० रुपैयाँले घटेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य गत आठ महिना यताकै सस्तो हो । यस अघि पुस २६ गते सुनको मूल्य आजकै रहेको थियो ।

मंगलबार भने सुनको मूल्य महंगिएको थियो । हिजो सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज चाँदीको भाउ पनि ओरालो लागेको महासंघले जनाएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १७० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको भाउमा बढोत्तरी देखिएको थियो । हिजो चाँदी तोलामा पाँच रुपैयाँले महंगिएर प्रतितोला एक हजार १८० रुपैयाँ पुगेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्