नेपाल प्रहरीका डिएसपी हेम शाही र मोडेल झर्नाले अभिनय गरेको भानुभक्त जोशीको गीत सार्वजनिक

काठमाडौं – अछाम जिल्ला घर भई हाल कैलालीको टीकापुरमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेम शाही र मोडेल झर्ना बोहराको अभिनय रहेको देउडा गीत “मेरी माया शितलु छाया” सार्वजनिक भएको छ । निरन्तर मिडियोको आधिकारिक युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक भएको हो । चर्चित देउडा गायक तथा हाँस्य कलाकार भानुभक्त जोशीको लय शब्द रहेको उक्त गीतमा चर्चित देउडा गायिका रेखा जोशी र चर्चित देउडा गायक शेरी औजीले स्वर दिएका छन् ।

राम्रो छ दार्चुला हाम्रो, तामाको खान, कैलाली मनसुरी धान, दशरथ चन्द जन्मेकी ठौउर, बैतडी जिल्लाकी शान, बैजनाथ धाम अछाम तिर, डोटी शैल्येश्वरी शिर, बलभद्र कुवर लडेकी ठौर, अमरगढी तिर लगायतका शब्दहरु समावेश गरिएका छन् ।
बलिदानी बीर जन्माउने जिल्ला, हो हाम्रो पश्चिम नेपाल, खप्तड हाम्रो धर्तीको रानी, रामारोशन ताल, सित्तड हाम्रो भगवती माता, दार्चुला उकु बाँकु लाली, पवित्र गंगा बगिरहने छल्की, सेती काली कर्णाली आदी इत्यादी शब्दहरु गीतमा समावेश गरेको पाइन्छ ।

बाह्रसिंगा हेर्ला कञ्चनपुर, बाह्रकुण्ण बेतकोद ताल, स्वर्गसरी हाम्रो पश्चिम नेपाल, अपीनाम्पा सैपाल, कमल फुल्या घोडाघोडी ताल, कैलालीको टिकापुर, एसियाको दोस्रो लामो पुल, दोधारा कञ्चनपुर, भीमदत्त जन्मे डडेल्धुरा, बडिमालिका बाजुरा, देवस्थलको फुलवारी हाम्रो, गर्ने मनको इच्छा पुरा, बझाङ राम्री बाङीचैतली, जाउ हिट कर्णाली पारी, जिन्दगीभरी त्यहि बसी रौला, हिमाल पहाड तराई लगायतका सबै जिल्ला समावेश हुने गरि गीत तयार पारिएको छ ।

भीम थापाले निर्देशन गरेको उक्त गीतमा सुदूरपश्चिमका ९ वटै जिल्लाका पर्यटकीय सम्पदाहरु तथा विर सहिदहरुले गरेको महत्वपूर्ण योगदानको चर्चा गरिएको छ ।
विशेष डिजिटल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई किस्न नेपालीले एरेन्ज गरेका छन् । सोनु बिकले छायांकन गरेको छ भने श्रीराम फिल्मस् धनगढीले दृष्य निर्माण गरेको छ ।

निक्कै मेहनत लगाएर सबै स्थलहरुलाई समेटिने गरि गीत निर्माण गरिएको र दर्शकहरुले अत्यधिक रुचाउने सर्जक भानुभक्त जोशीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्