हेलम्बुमा बाटो निर्माणले तिव्रता पायो, अबको १ हप्तामा सबै ठाउँमा बाटो संचालन हुने

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा बाटो निर्माणले तिव्रता पाएको छ । हेलम्बुको बाढीग्रस्त क्षेत्रमा बाटो निर्माणले तिव्रता पाएको हो । किउलबाट तिम्बु जाने साढे ३ किलोमिटरको बाटो निर्माण भइरहेको छ । रातोपुलबाट किउल सम्मको बाटो निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । किउलबाट तिम्बु सम्मको सडक पनि निर्माण भइरहेको छ । यो मोटरबाटो निर्माण पश्चात वडा नं. १ का चिउरीखर्क, हल्दे हुदै तिम्बुबाट नाकोते, तार्केघ्याङ लगायतका क्षेत्रमा जान सहज पहुँच हुने अध्यक्ष शेर्पाको भनाई छ । उनका अनुसार अबको १ हप्तामा सबै ठाउँमा बाटो संचालनमा आउनेछ ।

‘तत्कालका लागि रातोपुल भएको ठाउँमा ह्युम पाइप राखेर सडक संचालन हुन्छ, बेलिव्रिजका लागि सडक विभागले ढिलाई गरेका कारण यस्तो गर्नुुपरेको हो’ अध्यक्ष शेर्पाले भने । दशैलाई मध्यनजर गरेर गाउँपालिकाले सडक निर्माणलाई तिव्रता दिएको उनको भनाई छ । अध्यक्ष शेर्पाका अनुसार रातोपुलमा ह्युम पाईप हालेर सडक संचालनमा ल्याए मेलम्चीघ्याङ बाहेक हेलम्बुका सबै ठाउँ सडक सञ्जालसँग जोडिन्छन् । मेलम्चीघ्याङलाई पनि सडकसँग जोड्न लागि पनि गाउँपालिकाले गृहकार्य गरिरहेको शेर्पाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्