विद्युतको माग गर्दै स्थानीयले गरे महाकाली लोकमार्ग अबरुद्ध, सयौँ यात्रु अलपत्र

दार्चुला – विद्युतको माग गर्दै स्थानीयले महाकाली लोकमार्ग बन्द बन्द गरेका छन् । महाकाली लोकमार्गको गोकुलेश्वर दार्चुला सडकखण्डको चौतलीचाेरमा शैल्यशिखर नगरपालिका वडा नम्बर ६ र मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का स्थानीयवासीले सडक अबरुद्ध गरेका हुन् । शनिबार विहान ७ बजेदेखि ११ बजेसम्मका लागि महाकाली लोकमार्ग अन्तरगत चैतलीचौर क्षेत्रमा सडक बन्द गरिएको स्थानीयले बताए ।

विद्युतका पोल गाडीएको चार वर्ष बित्दापनि बिजुली बाल्न नपाएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् । विद्युत सूचारु गर्न १० दिन अगाडी प्रशासनलाई जानकारी गराएको र सुनुवाइ नभएपछि आन्दोलन गर्नुपरेको स्थानीयहरुको भनाई छ । विहान ७ देखि ११ बजेसम्मका लागि चौतलीचौर सडक अवरुद्ध गर्दा बस, मालबाहक ट्रक, जीप गरेर डेढ दर्जन यातायातका साधन सडकमै रोकिएको र सयौँ यात्रु अलपत्र छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्