भौतिक पूर्वाधारले अबको शैक्षिक विकासमा टेवा पुग्छ : नगर प्रमुख शर्मा

काठमाडौ – चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले भौतिक पूर्वाधारले अबको शैक्षिक विकासमा टेवा पुग्ने बताएका छन् ।

चौरजहारी नगरपालिका वडा नं. ८ मा रहेको नवनिर्मित श्री कालिका आभारभुत विद्यालयको ४ कोठे भवनको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै नगर प्रमुख शर्माले यस्तो बताएका हुन् । शिक्षा, स्वास्थ्य तथा जनताका आधारभूत आवश्यकता संग जोडिएका विषयलाई नगरले उच्च प्राथमिकतामा राखेको समेत बताए। आधारभूत विद्यालय नै भविष्यका देशका कर्णधार जन्माउने स्थान भएकाले शैक्षिक गुणस्तर सुधार गर्न लगानी हुनुपर्नेमा उनले जाेड दिए । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा नगरपालिका सधै तत्पर रहेको नगर प्रमुख शर्माको भनाई थियो। नगरले प्रविधिमा आधारित शिक्षालाई प्राथमिकता दिएको बताउदै, शिक्षक, ब्यवस्थापन समिति, अभिभावकले शैक्षिक तथा भौतिक गुणस्तरमा ध्यान दिन जरुरी भएको बताए । शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समिति सबैको सहकार्य र ऐक्यवद्धता हुनु आवश्यक रहेको नगर प्रमुख शर्माले उल्लेख गरे ।

यस्तै कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर के.सीले यो ऐतिहासिक दिनले यस क्षेत्रका वालवालिकाको भविष्य सुदृढ हुनेमा विश्वस्त हुन सकिने अवस्था आएको बताए । नगरपालिकाले थालेको टिनका छानामुक्त विधालय बनाउने अभियानमा हातेमलो गर्ने सबैलाई धन्यबाद दिदै प्रमुख प्रशासकीय अधिकृत के.सि.ले विद्यालयलाई सबै पक्षको सहयोगले मात्रै परिणाममुखी काम गर्न सकिने बताए । कार्यक्रकमा बोल्ले अधिकांस बक्ताहरुले नगरपालिकाले गरेका कामको उच्च प्रशंसा गरेका थिए । शिक्षा प्रेमि एवम् नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का केन्द्रिय सल्लाकार सदस्य कर्ण बहादुर घर्तिले नगरपालिकालेकाले नसोचेका काम गरेको भन्दै जनताका पक्षमा धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गरे । यस्तै नेकपा एमालेकि नेतृ कल्लाणि खडकाले सबै सहि निति र कानुन लाई मान्दै अगाडि बढ्नु पर्ने उल्लेख गरे । नगरपालिका जनताको हितहुने, जनताको पक्षमा ऐन, कानुन बनाएर अगाडि बढेको र सफल भएको भन्दै खडकाले नेतृत्वलाई धन्यबाद दिए । नगरपालिकाले सबै क्षेत्रमा राम्रोकाम गरेको छ अझै राम्रो गर्दै जाहोस म खुलेर प्रशंसा गर्दछु उनले भने । उपभोक्ता समिति मार्फत निर्माण गरिएको ४ कोठे भवन २३ लाख रुपैयाँमा निर्माण गरिएको हो । कार्यक्रममा नरपालिकाका जनप्रतिनिधि, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजसेवी, बुद्धिजिवि, वडावासिको उल्लेख्य सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्