पोर्न भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेकी अभिनेत्री गहना रिहा

पोर्न भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेकी अभिनेत्री तथा मोडल गहना वशिष्ठ रिहा भएकी छन् । ५ महिना पहिले अर्थात ६ फेब्रुअरीमा गिरफ्तार भएकी गहना अहिले रिहा भएकी हुन् । उनलाई दिन्डोशी सेशन कोर्टले जमानत दिएको हो । कोरोना र लकडाउनले कोर्ट बन्द भएको कारण उनको जमानतमा ढिला भएको हो । उनी शुक्रबार रिहा भएको बताइएको छ ।

गहना स्ट्रगल अभिनेत्रीलाई कामको लोभ देखाएर पोर्न भिडियो छायाँकन गर्ने गर्दिनथिन् । उनी त्यसरी काम गर्दा एक फिल्मको १५ देखि २० हजार दिने गर्छिन् । पुलिस अधिकारीका अनुसार गहनालाई ६ फेब्रअरीमा गिरफ्तार गरेर ७ फेब्रअरीमा अदालतमा पेस गरिएको थियो । वशिष्ठले ८७ अश्लिल, पोर्न भिडियो बनाएकी छन् । त्यसलाई आफ्नो वेबसाइटमा अपलोड समेत गरेकी छन् । जुन हेर्न सदस्यताको आवश्यक पर्दछ । त्यो हेर्न उनको च्यानलको सदस्यता पनि लिनुपर्छ । त्यसका लागि दुई हजार रुपैया चार्ज राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्