नेपालमा बैज्ञानिक समाजवादमा जाने होडवाँजी तर परिणाम शून्य

धन्नजय जोशी
सिद्धान्त जन्मन समय लाग्दैन, तर सिद्धान्त लाई बुझ्न र त्यसबाट आउने दिर्घकालीन उपलब्धि हरुलाइ संस्थागत गर्न र जनमानसमा लोकप्रियता गराउन समय लाग्छ।नेपालमा बेला बेलामा विभिन्न धरातलबाट बहस केन्द्रीकृत हुँदै फरक फरक बिचारक हरुबाट सिद्धान्त जन्मेका तमामा उदाहरण छन र त्यस्तै बाहिरी विश्व जगत बाट जन्मेका सिद्धान्त पनि धेरै मात्रमा आयातित भएर र नेपालका बिचारक हरुले सँसलेषण गरेर नेपालको भुगोलमा, नेपाली परिबेशमा लागू गर्न खोजेको पनि पाइन्छ तर नेपालकै बिचारकहरुले नेपालकै माटोमा हुर्केर नेपालकै परिबेशलाइ चित्रण गरेर नेपालकै पेरिफेरिमा र परिबेसमा नेपाली जनता लाई र यो राष्ट्रलाइ समुन्नत बनाउन जन्माएका सिद्धान्त हरुले आज स्थान नपाएर बाहिरी जगतबाट आएका सिद्धान्तहरुले स्थान पाउने क्रम बढेको छ जस्तै नेपालमा दक्षिण पँक्तिबाट विपी कोइरालाले प्रतिपादित गरेको सिद्धान्त समाजवाद र नेपालका बामपंथीपंक्ति बाट मदन भन्डारीले प्रतीपादित गरेको सिद्धान्त जनताको बहुदलीय जनवाद होस या प्रचन्डले बाहिर विश्वबाट आयातित सिद्धान्तलाई नेपाली भूगोलमा नेपाली माटोमा र परिबेशमा संस्लेषण गरेर लागू गर्न खोजेको सिद्धान्त होस या अहिले को बिप्लब माओवादीले नेपालमा बाहिर बाट भित्रीएको र नेपालका नवउदायमान बिचारक प्रचण्डले लाँदेको सिद्धान्तलाई परिमार्जन गरेर एकीकृत जनक्रान्तिको नाममा जन्माएको सिद्धान्त जो आज नेपाली परिबेसमा बैज्ञानिक समाजवादको नारा लिएर लागू गर्न खोजिदै छ।
अब पहिलो कुरा हामी सबैले यो बुझ्नु जरुरी छ कि यी सिद्धान्त मध्ये कुन बिचारक र कस्को सिद्धान्त ले नेपालमा कसरी परिवर्तन गर्न खोजेको थियो, विपी को सिद्धान्त पनि समाजवाद नै थियो तर क्रमिक रुपमा सोलोमोसनमा जाँदै गरेर समाजवाद उन्मुख हुनु नै थियो, त्यसको लागि नेपाली परिबेसमा जन्मेका साम्यवादी बिचारक हरुको सहयोगले सोलोमोसनलाइ अलि छिटो र रप्तानमा जाने गरि समाजवादको बाटो समात्न उत्प्रेणा दियो र परिणाम स्वरुप समाजवादमा जान नदिने एउटा बाधक बनेको पञ्चायती शासनको अन्त्य गर्यो र बहुदलिय ब्यवस्थाको पुनर्वहाली गर्दै जनताको संविधान २०४७ लेखेर त्यहाँ सम्म समाजवादको यात्रा सफल पारेर पुगायो तर समाजवादमा पुग्न सकिएन ,त्यसको पछाडी नेपाली भूगोल, नेपाली समाज, नेपाली राजनीतिक परिबेस, नेपालको सामन्ती र पुँजीवादी व्यवस्था बाधक बन्यो तर सँघ्रष जारि नै रह्यो । त्यसपछि नेपाली परिबेस बाटै नेपालकै साम्यवादी बिचारक नेता मदन भन्डारी आफैले समाजवादको बाटो लाई अझै फराकिलो बनाउन आफैले जनताको नौलो जनवादको सिद्धान्त जन्माएर समाजवाद सम्म पुग्न खोजे तर समय को खेल त्यो सिद्धान्त अधुरो भयो पूरा हुन सकेन तर मदन भन्डारीका अनुयायी र पार्टी पँक्तिले किलियर रुपमा त्यो सिद्धान्त लाई बुझ्न र नेपाली परिबेसमा लिन सकेन र समाजवादको यात्रा बहसमै सिमित रह्यो। किन मेन नेतृत्व र जन्मदात नै नभएपछि बाँकि समाजवादको सुनौलो सपना सकार हुन पक्कै पनि बाधा अवरोध आउनु स्वभाबिक नै थियो।
अब त्यस पछिको समाजवादको यात्रा बाहिरी विश्व जगत बाट आयातित र अरुबाट प्रतिपादित सिद्धान्त माओवादी सिद्धान्त जुन नेपालका बिचारक हरुले क्रमभँग गर्दै र नयाँ तरिकाले सँश्लेषण गरेर जनयुद्ध को नाम दिएर नेपालको भुगोल र नेपाली परिबेषमा लागू गरे, तर यो सिद्धान्तले नेपालमा लामो सँघर्ष र २० अौँ हजारको बलिदानीका बाबजुत समाजवादको यात्रामा एककिसिमको नया चरणको शुरुवात गर्यो नयाँ परिणाम लाई सँस्थागत गर्यो जसको फलस्वरुप नेपालमा युगौँ देखि जरा गाडेर बसेको सामन्ती राज्य सत्ताको अन्त्य भयो । नेपालमा युगन्तकारि परिवर्तन भयो यानि नेपाल सँघिय लोकतान्त्रिक गणतन्त्र को परिबेसमा पुग्यो, समाजवादको बाटो अब धेरै किलियर भएर नजिक नजिक पुग्ने बेला यो माओवादी सिद्धान्त मा टिकेर नेपालमा समाजवाद उन्मुख बनाउने भनेर नेतृत्व गरेको बिचारक ले आत्मासम्परणवाद गरेर समाजवादको यात्रालाइ आधा बाटोमा नै विश्राम गराएर भोगबिलासि भएर कुर्सीको मोहमा जनताका सबै सपना हरुलाइ बज्रपात गरेर पुनह नेपाली समाजलाइ पुरानै सामन्ती,दलाल पुँजीवादी संसदिय व्यवस्था को फोहरि राजनीतिको चँगोलमा डुबाएर फुटको परिबेसमा तितर बितर भएर समाजवादलाइ निरन्तरता दिन सकेन ।
अब त्यसपछिको समाजवादको यात्रा सफल पार्ने आधार आफुसित भएको आफुले त्यो खाका र भिजन दिन सक्छु भनेर नेपाली भूगोल नेपाली परिबेसमा बाहिरि आयातित सिद्धान्त र नेपालका बिसर्जनवादी बिचारक प्रचन्डको कार्यसैलीको र रुपरेखाको क्रान्ति लाइ नयाँ किसिमबाट परिमार्जन गरि नया सिद्धान्तको नाम दिएर यानी एकीकृत जनक्रान्तीको नाम बाट बैज्ञानिक समाजवाद मा जाने भनेर नेपाली भूगोल र परिबेसमा सुहाउदो छ भनेर बिप्लब माओवादी ले वकालत गर्दै गर्दा अब समाजवादको बाटो एकिकृत जनक्रान्तिले पूरा गर्छ भनेर कसरी नेपाली जनताले ढुक्क हुने ? के आधार ? यी बिचारका नेतृत्व कर्ताले फरक आस्था राखेकै भरमा ,फरक बिचारको बहस चलाएकै भरमा, एउटा परिबेसले समाजको बिचमा आएका सुचना चुहावट भएकै आधारमा प्रतिसोध साटेर निर्मतापुर्ण तरिकाबाट एउटा शिक्षा पेशामा लागेको ब्यक्ति जसले यो समाज र यो राष्ट्र निर्माण गर्ने नयाँ युवानेतृत्वलाइ सहि मार्गदर्शन गराउन उत्प्रेणा गर्छ भने त्यस्तो सम्मानित पेशामा लागेको एक जना शिक्षकको हत्या गरेर समाजवाद को यात्रा सफल हुन्छ भनेर आफुलाइ अब्बल दर्जाको समाजवादको अनुयायी ठान्नु पतनको कारण हुन्छ। समाजवादमा जाने बाटो असलफ हुने सँकेत हो। यसरी बुज्नु पर्छ। देशमा संकटकाल छ युद्द भएको छ प्रति हिँसा भएको छ भने त्यस्तो अवस्थामा कहिकतै यस्तो समस्या आउँदा त्यो अलग रुपमा प्रति हिंसा हो भनेर बुझ्न सकिन्छ।तर यस्तो अपराधीक घटना हरु घटाएर एकीकृत जनक्रान्तिका अनुयाहि हरुबाट पनि समाजवाद उन्मुख हुन सकिँदैन भन्ने बुझियो। पार्टीलाई प्रतबन्द लगाएको छ ।त्पसका लागि बैचारिक लडाइ लडु ,एकतागत लडाइ लडु,यो भन्दा अगाडीको व्यवस्थामा पनि दल हरुमाथी प्रतिबन्द लागेका तमाम उदाहरण छन पञ्चायत कालमा २०१७ साल देखि २०४६ सालसम्म देशमा रहेका सबैदलमाथी प्रतीबन्द थियो तर संघर्ष गरियो निकास भयो संघर्षको दौडान कहि कतै मानविय क्षती भयो होला तर यस्तो किसिमको निर्मता पुर्ण तरिकाले त्यो बेलाको सरकारले पनि हत्या गरेको थिएन। यहाँनेर पार्टी नेतृत्व देखि पार्टी पंक्तिको यो ठूलो भुल भएको छ यसमा पश्चताप र क्षमाआलोचना पुरै पार्टीले लिनुपर्ने मेरो विश्लेषण ठहर भएको छ।
अन्त्यमा अब समग्र सिद्धान्त लाई र बिचारक लाई केलाएर निचोड निकालेर हेर्दात ढिला भएपनि सोलोमोसोनमा गएपनि अन्तिम लक्ष्य त काँग्रेसले नै अंगालेको समाजवादको यात्रा अन्तिम गन्त्ब्यमा पुग्ने बाटो सहि रैछ भन्ने कुरा सत्य साबित भयो त पुग्नु समाजवादमा नै हो तर अलि ढिला पुगेपनि बिना हिँसा ,बिना असहजताको वतावरणमा निति ,विधि, पद्धति ,र व्यवस्था मा परिवर्तन गर्दै जादा पुगिदो रैछ भन्ने कुरा प्रमाणित हुदैछ।अब हामी यहाँ सम्म पुगेका छौ भने अबको हाम्रो लडाइ भनेको सँसदिय व्यवस्था लाई विधि मिलाएर हटाउनु हो बाँकि प्रणालीमा सुधार हो र अर्थव्यवस्थामा आमुल परिवर्तन हो यी कुराको लागि अर्थ क्रान्ति जरुरी हो ।अहिले लगभग राजनीतिक क्रान्ति पूरा भएको छ अब समाजवादमा जाने अन्तिम कडि भनेको अर्थब्यवस्था को छनौट हो। विश्व जगतले ४ वटा अर्थव्यवस्थामा टिकेर विकास गरेको छ भने नेपालमा यी चार मध्ये कुन अर्थव्यवस्था र अर्थ प्रणाली अँगाल्दा नेपाली भुगोल र परिबेसमा सुहाँउछ। राम्रो छिटो छरितो र दिर्घकालिन परिणाम दिन्छ त्यसलाइ छनौट गर्नु अनिवार्य देखिन्छ। अर्को भनेको संसदीय व्यवस्थाको विधीमा सुधार गरेर परिमार्जन गरेर बिकल्प खोज्ने हो र निर्वाचन प्रणाली सुधारको हो ।शून्य सहनसिलतामा भ्रष्टाचार को निरुपणको लागि कडा भन्दा कडा कानुनी आधार बनाउनु हो ।यो भयो भने हामी अब यसै ब्यबस्थामा टिकेर समाजवादमा पुग्छौ ।यो भन्दा उत्म शासन व्यवस्था अरु कुनै हुन सक्दैन।अब समाजवादको लागि आर्थीक क्रान्ति बाँकि छ, बिचारको क्रान्ति बाँकि छ। बिज्ञहरुको कार्यगत एकता बाँकि छ।यथोचित परिमाजित विधि र कानुनको खाँचो छ र Right man appoinment in right place को नीति को आवश्यकता छ। बाहिरी लगानीको अावश्यकता छ। पेशागत लगानीको ग्यारेन्टी हुनुपर्छ। हैन यी कुरा नहुदा सम्म अब अरु राजनीतिक क्रान्ति गरेर समाजवादमा पुगिदैन, समाजवाद भनेको नै समाजीक न्याय हो समाजीक पहुँचमा सबैको समानता हो यसको लागि नीति र विधीलाइ परिमार्जन गर्दै समाजमा रहेको असमानतालाइ घटाउदै जानू पर्छ। अब व्यवस्थाले यो काम गर्ने हैन यो काम अब देशका नागरिकले गर्ने हो ।क्षमता र बौद्धिकता ले गर्ने हो । यति भयो भने अब हतियार र कारमाटको क्रान्ति समाजवाद उन्मुख हुनका लागि आवश्यक पर्दैन !! धन्यवाद

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्