एक हजार ४४ थपिए, सक्रिय सङ्क्रमित १२ हजार १४८

काठमाडौं- नेपालमा कोरोना भाइरसका एक हजार ४४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार २७१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ४४ सङ्क्रमित थपिएकोमा एक हजार २७१ जना निको भएर घर फर्केको जनाएको छ ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमित दुई लाख ४६ हजार ६९४ पुगेको छ । मन्त्रालयका अनुसार हाल १२ हजार १४८ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म दुई लाख ३२ हजार ८७२ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयले हालसम्म १८ लाख २० हजार ६१८ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ६७४ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्