युद्धको गर्भधारण

यो देश र यहाका जनताले कहिल्यै सुख, शान्ती र समृद्धिको श्वास फेर्न पाएका छैनन ।हरकोही नेतृत्वले देशमा परिवर्तनको लागि क्रान्ती गरेको इतिहासका पानामा सुरक्षीत राखिएको छ हामी पढ्न सक्छौ।संगसंगै शाह वंस र राणाहरुले सयौ वर्ष शासन गरे सोषण गरे त्यही सोषणको दलदलमा पुष्प पंकज झै फुलेर नेपाली काङ्ग्रेस आयो र सामन्तिहरुको सत्ताको एक अंश मसानघाटमा विलय भयो ।सबैले खान,बस्न,स्वास्थ्य ,शिक्षा अनिवार्य पाउन भन्ने प्रजातान्त्रिक योद्धा स्व. विसेस्वर प्रसाद कोइरालको समाजवादको पाठ पढाइयो।

राणा शासन हटाएर शाह वंश सङ्ग मिलेर नेपाली काङ्ग्रेसले आधा सताब्दी भन्दा बढी समय शासन सत्ता हातमा लिएर शासन गरे जनता फेरि पुजिपती बर्गहरुबाट शोषित हुन थाले।त्यही शोषण अत्याचारबाट मुक्त हुन माओवादले हतियार उठाए र शाही राजतन्त्र ढालियो जनताले शासन सत्ता आफ्नै हातमा लिए।यसै राजनीतिक परिवर्तन चलिरहदा बहुदलिय प्रतिस्पर्धात्मक शासन प्रणाली आयो ।जनतालाइ देश स्वर्ग बनाउने भन्दै विभिन्न सपनाहरु देखाउन थाले। कहिल्यै नेपाली काङ्ग्रेस र नेकपा पालैपालो शासन गर्न थाले र नेपालमा विप्लब हुर्कियो। त्यही असन्तुष्टि र नेतृत्वले परिवर्तन ल्याए पछि उनका पिडिहरु सधै कमजोर देखिएका छन।

अहिले देश स्थानिय तह देखि केन्द्र सम्म अराजकता फैलिएको छ ।नेतृत्वहरु भ्रष्टाचारमा लिन छन। सम्पुर्ण राजनीतिक दलहरुले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र भित्र समाजवादका अनुयायीहरुले नातावाद, हैकमवाद,अधिनायकवादको जरो बसाल्न थालेका छन, पक्कै पनि यो एक नया विद्रोहको गर्भधारण हुदैछ। एउटा जनवादी नेतृत्वले जन-दिशा प्रती यसैगरी बिमुख भइरहने हो भने पुनः एक युद्धको जन्म हुन्छ ।जनकल्याण र राष्टका निमित्त जन्मिएको युद्ध भित्रका भविस्यका प्रत्येक सहिदहरु लाई सलाम छ जय जनता ।

 

लेखक : विवेक ओझा (गुरु देव), शुक्लाफाँटा नगरपालिका–१० कञ्चनपुरका स्थानीय हुन् ।

सम्बन्धित लेखकका अन्य लेखहरु :-

“भ्रष्टाचारको विलय भए राष्ट्रभक्तहरुको शालिक मुस्कुराउने छ”

“युद्ध अझै बाँकी छ”

“दलितको व्यथा”

राजा गए तर सामन्ती गएनन्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्