दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बजेट ५१ करोड ४२ लाख, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी आर्थिक वर्षकालागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

बुधबार गाउँपालिकाले सातौ गाउँसभामा आगामी आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रम र बजेट प्रस्तु गरेको छ । गाउँपालिकाले ५१ करोड ४२ लाख आठ हजार चौरहत्तर रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।

आर्थिक विकास तर्फ ५ करोड २९ लाख ७३ हजार ७ सय ६४, पूर्वाधार तर्फ १० करोड ६ लाख ९४ हजार ३१०, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ६९ लाख २३ हजार २०० र सामाजिक विकास तर्फ २९ करोड १२ लाख ८ हजार बजेट बिनियोजन गरेको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र कोरोना भाइरस ( कोभिड–१९ लाई विशेष प्राथमिकता दिई बजेट बिनियोजन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्