महाकाली नगरपालिकाको नीति तथा कार्यक्रम : नगर बस थपिने, गम्भिर प्रकृतिका केशमा एम्बुलेन्स नि:शुल्क

गणेश सिंह धामी
दार्चुला – महाकाली नगरपाकिलाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरपालिकाको छौठौँ नगरसभामा नगर प्रमुख हंसराज भट्टले अगामी वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै खलंगा देखी डुङरी, काटैं, मैखोली र दल्लेख सम्म नगरबस सेवा प्रारम्भ गर्ने बताए । उनले नगरबस सेवा प्रति नगरवासीहरुको समर्थन एंव सन्तुष्टीलाई सम्मान गर्दै नगरबस सेवा थप गरिने बताए ।

यस्तै स्वास्थ्य क्षेत्रको समस्यालाई मध्यनजर गर्दै एम्बुलेन्स खरिदका लागी आवश्यक रकम विनियोजन गरी आकस्मिक दुर्घट्ना, एवं गम्भिर प्रकृतिका रिफरल केशहरु जस्तै प्रसव पिडा, एपेन्डिसाइटिस, हार्ट अर्टेक, मृगौला फेलियर, ब्रेन हेम्ब्रेजमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने तथा सामान्य रिफरल केशहरुमा एम्बुलेन्सको शुल्कमा ५० प्रतिशत सम्म अनुदान दिने कार्यक्रममा समेटिएको प्रमुख भट्टले बताए ।

अन्न दाताका रुपमा रहेका कृषकहरुको कृषि पेशा प्रति आत्म गौरव बढाउन एवं कृषिलाई व्यवसायिकता तर्फ लैजान र युवा शक्तीलाई कृषि पेशा तर्फ आकर्षित गर्न प्रोत्साहन गर्ने उद्देश्यले कृषकहरुलाई सम्मान सहित कृषक पेन्सन कार्यक्रम लागु गरिने छ ।

महाकाली नगर क्षेत्र भित्र रहेका वेरोजगार तथा सीप युक्त जनशक्तीलाई मेरो सीप र श्रम मेरो माटोलाई कार्यक्रममा आबद्ध गराई ५ सय बढी युवाहरुलाई नगर प्रमुख रोजगार कार्यक्रम मार्फत कम्तीमा ३ महिना रोजगारी प्रदान गर्ने कार्यक्रम निति तथा कार्यक्रममा समेटिएको छ । विद्युत प्राधिकरण संगको सहकार्यमा बजार क्षेत्रमा रहेका अव्यवस्थित खुल्ला विद्युतिय तारहरुलाई विस्थापन गरी प्लाष्टिक कोटेड एबिसी केवल विछ्याइने जस्ता अन्य सामाजिक विकासका कार्यहरु समेटेर अगामी वर्षका लागी निति तथा कार्यक्रम ल्याइएको छ

नगरसभामा उपप्रमुख सुना बोहराले अगामी आर्थिक वर्ष २०७७÷०७८ का लागी कुल ६३ करोड ३४ लाख ९५ हजार १ सय ६ रुपैया अनुमानित बजेट पेश गरेकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्