नेकपा स्थायी कमिटि बैठक १२ गते सम्मका लागि स्थगित, ७ एजेण्डा स्वीकृत 

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १२ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा बोलेका थिए । ‘पर्सि ११ बजे पुनः बस्ने गरी बैठक स्थगित भएको छ,’ उनले पत्रकारहरूसँग भने। आजको बैठकले पर्सीको बैठकका एजेन्डा पारित गरेको छ ।

बैठकका सात एजेण्डा

१, अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य

२, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने

३, समिा समस्या र समाधानबारे

४, सरकारको कामको समिक्षा

५, पार्टी कामको समिक्षा र सांगठिनक एकताको र्पूाता

६, एमसीसीबारे

७, विविधि । यसमा एक महिना अघि भएको रुकम घटना, नागरिकता विधेयक र सांसद र प्रदेशसभा सदस्यको बैठक भक्ता नलिने विषय ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्