आखिर देश कता छ ?

संगम बस्नेत, पोखरा

नेपालमा एउटा अनौठो रोग आएको छ । हुन त कुनै कुराको नक्कल गर्नु नराम्रो होइन ।बच्चा सानो छदाँ पनि आफ्नो अरुपरिको हेरेर,देखेर सिको गर्छ । तर जब आफ्नो क्षमता भन्दा बाहिरका विषयमा हामी नक्कल गर्छौँ,त्यो पाखाण्ड सिद्ध हुन्छ । आफुलाई राम्रो भन्दिओस् भन्ने चाहाना सबैमा हुन्छ तर त्यसको नाममा हामी आफ्नो पहिचान नै किन मुडुलाउन खोज्छौ ? पहिला मन्दिरमा धर्मको नाममा लुट्ने र छल्ने काम बढी हुन्थ्यो, जुन अहिले पनि छ ।

नाममा नेता माथि पुग्न खोजेको छ । नेतालाई गाली गरेर बौद्धिक आफ्नो छाप बनाउन खोज्छ । बौद्धिकको आलोचना गरेर च्यानलले टि.आर.पि (त्।च्।ए०बढाउन खोजेको छ । न कुनै विषयको ज्ञान,न कुनै तर्कशिलता । केवल अनवरत गाली । अर्धनग्न तश्विर देखाएर नायिका अगाडी बढ्रछन् जसको बदनामी गरेर दर्शक रमाउँछन् । नायिका र निर्दैशकको झगडाले कलिउड तात्छ । होस न हवास भएको ज्योगी एक्कासी ुपपुलरु हुन पुग्छ । हाम्रो माग र मन पराउने पात्र किन यति सस्ता ? हाम्रो परिस्थिति बद्लियो कि स्तर ? के गायकको छोडपत्र र अनलाइन गेमबाट भएको विवाह भन्दा कुनै समाचार छन् हामीसित ? दुई सार्वजनिक व्यक्तिको निजी जिन्दगीमा हामीलै किन यति चासो ? यो देशमा बोन र बोैद्ध धर्ममा के फरक छ भनेर नि वृतचित्र बन्छ ।

के यो देशमा मास्टो र हिन्दु के फरक छ भनेर खोजिनिति हुन्छ र ? सामाजिक सन्जालमा देखाउने झगडाबाट किन यति उत्साहित हामी ? सिक्ने भन्दा सिकाउने, सिकाउने भन्दा देखाउनेको यत्रो ताँती किन ? के हामीलाई सस्तो लोकप्रियता नै चाहिएको हो ? हामीमा पुर्खाको फुर्ति फेरि छुट्टै छ । मलाई ताजुब लाग्छ, सगरमाथा नोर्गो चढे, फुई हाम्रो छ । बोध बुद्धले पाए, अहं हामीमा छ । के सधैँ पुर्खाकै नाममा हामीले जिन्दगी फाल्ने हो ? हामीमा कुनै हुति नै छैन ?

शान्तिको देशमा कहिले सम्म निर्मलाहरु बलात्कार हुनु पर्ने हो ? यसको उत्तर चाहियो मलाई । बलभद्धको रगतले कहिले सम्म कालापानी र लिम्पियाधुरा निल्नि हो ? कहिले सम्म पुर्खाको बहादुरी देखाएर आफ्नो कायरता लुकाउछौ ? कहिले सम्म बुद्धको अहिंसा र समभावमा मुखडा ओढेर हामी हिंस्रक र पाशविक हुन्छौ ? थारै त सरम गर । साँवा आए पनि ब्याज कहिले सम्म खानि हो हामीले ? यथार्थमा हामी मुर्दा भईसकेका छौ जसमा शरीर छ तर सास छैन । ढलेको मुढो जस्तो लम्पसार छौ हामी । किन हामीमा जीवनले हेर्ने दृष्टिकोण छैन ? जब पनि आत्म आलोचनाको बेला आउँछ, इतिहासको सहाराले हामी किन आफ्नो वर्तमान छल्छौ ? कहिले सम्म हामी पाश्चात्य प्रविधिको प्रशंसा सुन्दा पुर्वको सँस्कृतिको कुरा गर्छौ ?

माटो नै अर्कालाई सुम्पिदा पनि कति निरिह हामी ? प्रत्येक वर्ष हाम्रो राष्ट्रियता बेचिन्छ । कहिल्यै हामीले महसुस गरेका छौ ? युवा कि आक्रोशित छन् कि विक्षिप्ति छन् । युवति वर्षेनि बलात्कार हुन्छन् । विदेशिएका कोहि पनि नेपाल आउन खोज्दैनन् तर पनि हाम्रो देशको घमण्ड छुट्टै छ । किसानलाई भनेर छुट्टाएको रकम कृषिविद्धले कुमलाउने पनि कुनै अरु देशमा खोज्न जान पर्छ र ? गुरुलाई भगवान् मान्छन् हिन्दु धर्ममा तर पनि गुरुबाटै विद्यार्थि सुरक्षित छैनन् यो देशमा । बिहान खाए साझँ के खानि भन्ने स्थति छ जनताको तर १० लाखको चाउचाउको होडिङ बोर्ड टास्न सरकार तयार छ । बाटो पनि नपुगेको जिल्ला छ, बिजुली र ईन्टरनेट त कुरै छोडौँ । हामी चाहीँ सबैलाई डिजिटलाइज गर्न भन्छौ । कहाँ छौ हामी र हाम्रो योजना ? युरोपेली र अमेरिकन मुलुकले विश्वयुद्धमा लडाकु ओसेरेझैं अहिले जनशक्ति ओसार्दा पनि सरकार किन अझैँ पाठ्रयक्रम बदल्न सक्दैन ? चिकित्साशास्त्र मध्यमस्तरको कोही पनि पढ्रन नसक्ने भएका छन् शुल्कको मुल्यवृद्धिले । डाक्टर अनसन बस्छन् तर सरकार मरे चल्दैन । तरकारीको भाउ बढेर गगनचुम्बी पुग्छ,सरकार मौन छ । किसान मूल्य नपाएर गोठमा गाईलाइ आफ्नो उब्जाउ दिन बाध्य छ, कि सिंहदरबारमा धर्ना बस्न ।

तर पनि वाह ! मेरो देश नेपाल ।

हामीले आफ्नो कुरा पनि ग¥या ,कस्ता छौ हामी । के हामीमा इमान्दारीता धारण गर्ने लागत छ ? आफु  अकर्मण्डतालाई स्विकार्ने तर सरकारले केही गरेन भनेर दोष ल्याउने हामी नै होइन र ? नगरपालिका  गाडी भोलि आउँछ भनेर थाहा पाउदा पनि राति नै ढलमा लगेर फोहोर फाल्ने हामी नै होइन र ? अनि सेती र बाग्मती सफाईँ भएन भनेर गनगन गर्ने ? सरकारलाई गुठी बेचेर खायो भन्ने अनि पशुपतिमा सजाउन राखेको फूल पनि देख्न नसक्ने हामी कस्ता ? नेता भ्रष्ट छन् पनि भन्ने अनि चुनावमा २ बोरा चामल झार्दिएको बेला चाहिँ नैतिकता बेचेर त्यहि भ्रष्टलाई भोट हाल्न हात हाम्रो किन आतुर ? प्रस्ट कुरा के भने यति हामीले इमान्दार नेता नै पाई हाल्यौ भने पनि हामीले पचाउन नसक्ने स्थति सिर्जना भएको छ ।

सन् २००१ सम्म ५७% कुपोषले नै पिडित थियो । हाम्रो देश नेपालमा ६ ओटा जिल्ला त यस्ता छन् कि जसमा खाद्य सङकट चरम छ तर युवावर्ग खाली सरकारको एकोहोरो गाली गर्न तयार छ । नाङ्गा डाँडाले हामी लाई हेर्दा हाम्रो मनमा किन हुटहुटी चल्दैन ? नेपाल श्रमफोर्सको सर्वेक्षण अनुसार ११.२% त बेरोजगार छन् । कहिले सम्म हामी आफुलाई घरमा सिमित भएर राख्छौ ? के हामीमा आफ्ना खेतलाइ हराभरा गर्ने खुबी छेैन ? के हामीमा आधुनिकरणको जमना पनि ढुङ्गे युगमै बस्न पर्नि हो त ? के श्रम र पसिनाको अर्थ यो देशमा बुझाउने कोही छैन ?
८ कक्षा पढ्राएको प्रधानमन्त्री त छ, देश कसरी बन्छ भन्छौ तर हामी यति पढ्रता पनि देशलाई किन विकास गर्न नसकेको ? मैले यहाँ देशको प्रधानमन्त्रीको औपचारिक शिक्षाको मजाक उडाउन खोजेको  होइन न त विद्धतजनको अपमान गर्न खोजेको हो तर एउटा सोच सकारात्मक दिशातिर उन्मुख  हुनुपर्छ चाहिँ पक्कै भनेको हो । सरकारी कार्यलयमा कर्मचारी भ्रष्ट छन् भन्ने थाहा हुदै पनि किन हामी घुस दिन्छौ ? किनकि भ्रष्ट हामी आफैँ पनि छौ ।

देश सानो छ ,समस्या थिएन तर हाम्रो चित्त पनि त्यस्तै किन ? हामी भैगोलिक र ऐतिहासिक रुपमा जति नै समृद्धि भए पनि मनोवैज्ञानिक रुपमा रुग्ढ छौँ, रोगी छौँ र ग्रस्त पनि । जहिले सम्म यो मुलभूत तर तितो सत्यलार्ई िस्वकार्न ग्राहो हुन्छ त्यति बेला सम्म देशलाई अगाडी लैजान कठिन मात्र होइन असम्भावी देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्