स्वास्थ्य मन्त्रालयले ५ लाख भन्दा कम सहायता रकम नलिने

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहायता मापदण्ड तयार गरी ५ लाख भन्दा कम रकम बराबरको सहायता सामग्री नलिने भएको छ । कोभिड १९ को सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न दात्री निकायरसहयोगी निकायहरुले प्रदान गर्ने सहायता सामग्री समबन्धी न्युनत्तम मापदण्ड, २०७७ जारी गरी यस्तो निर्णय गरेको हो ।

नयाँ मापदण्ड अनुसार सहायता सामग्री प्रदान गर्ने निकायले जुन प्रयोजनको लागि सहायता गर्नेहो त्यसको पूर्ण सेट नै उपलब्ध गराउनुपर्ने छ । त्यसैगरी सहायता सामग्री मापदण्डमा सहायता सामग्रीको गुणस्तर नेपाल सरकारको गुणस्तर नियामक निकाय (गुणस्तर तथा नापतौल विभाग या औषधि व्यवस्था विभाग)बाट गुणस्तर प्रमाणित भएको हुनुपर्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्