पत्रकार नवराज धानुकलाई कारबाही गर्न पत्रकार महासंघलाई अनुरोध (किन मुछिए विवादमा पत्रकार)

कैलाली- धनगढी एफएम ९०.५ मेगाहर्जमा सञ्चालन हुने रेडियाे कार्यक्रम ताताे बहसका कार्यक्रम सञ्चालक तथा क्यापिटल लाईभ न्यूज अनलाईन पत्रिकाका प्रधान सम्पादक नवराज धानुकलाई कारबाही गर्न अनुराेध गरिएकाे छ ।
कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं. ८ तथा बैजनाथ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बहादुर सिँह महराकाे चरित्र हत्या गरेकाे तथा महिलाहरूकाे मानमर्दन भएकाे भन्दै वडा कार्यलयले आवश्यक अनुसन्धान गरि कारबाहीको लागि आईतवार पत्रकार महासंघ कञ्चनपुर शाखालाई अनुराेध गरेकाे हाे । यस्तै बैजनाथ सामुदायिक वन उपभोक्ता समुहले पनि सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यममा प्रकाशित तथा प्रशारित अडियाे प्रति आपत्ति जनाउँदै धानुकलाई कारबाहीका लागि सम्बन्धित निकायलाई अनुराेध गरेकाे छ । आईतवार प्ररशासन प्रमुुख अशााेक सिँह ठगुन्नाद्वारा जारी विज्ञप्तिमा आपत्ति जनाउदै कारबाहिकाेे माग गरेेेेकाे हाे ।

किन विवादमा मुछिए पत्रकार धानुक

पत्रकार धानुकले पत्रकार आचारसंहिता विपरीत काम गरेको भन्दै विवादमा तानिएका हुन । एक साता पहिले शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वन उपभोक्ता समुहमा बैज्ञानिक वन व्यवस्थापन अन्तरगत भईरहेको वन कटानको रिपोर्टिङ गर्न आएका कैलालीका पत्रकार धानुकले वनका अध्यक्ष तथा वडा अध्यक्ष बहादुर सिँह महरालाई सोझा महिलालाई खाेजेर बलात्कार गर्याे भन्न लगाउने र बलात्कारको आरोप लगाएर जेल चलान गर्नुपर्ने सुझाव दिएका छन । उनले भनेका छन “कमीकमजोरी पहिल्याई एक साेझी लेडिजलाई भनेर बलात्कार गर्याे भन्न लगाउनु र जुन नेता आएपनि झिक्न सक्दैन र पूर्व सभामुख कृष्णबहादुर महराको जस्तै हालत हुने उक्त अडियोमा बोलेका छन । यस विषयले समाजमा अनैतिक गतिविधि गर्न प्रेरित गरेको भन्दै विवाद सृजना भएको हाे ।
तातो बहसका प्रस्तोता धानुकको विवादित अडियो बाहिर आए संगै उनी माथी नैतिक प्रश्न उठेको छ ।

 

याे पनि पढ्नुहाेस् ।

पत्रकार नवराज धानुक विवादमा, वडाध्यक्षलाई बलात्कारको फन्दामा फसाउने तरिका सिकाउदै (अडियो सहित)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्