पत्रकार नवराज धानुक विवादमा, वडाध्यक्षलाई बलात्कारको फन्दामा फसाउने तरिका सिकाउदै (अडियो सहित)

कञ्चनपुर – पत्रकार नवराज धानुकले पत्रकार आचारसंहिता विपरीत काम गरेको भन्दै विवादमा तानिएका छन । विहिवार शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वन समुहमा बैज्ञानिक वन व्यवस्थापन अन्तरगत भईरहेको वन कटानको रिपोर्टिङ गर्न आएका कैलालीका पत्रकार धानुकले वनका अध्यक्ष तथा वडा अध्यक्ष बहादुर सिँह महरालाई सोझा महिलालाई फकाएर बलात्कारको आरोप लगाएर फसाएर जेल चलान गर्नुपर्ने सुझाव दिएका छन । उनले भनेका छन “कमीकमजोरी पहिल्याई एक आईमाईलाई भनेर बलात्कार गर्याे भन्न लगाउनु र जुन नेता आएपनि झिक्न सक्दैन र पूर्व सभामुख कृष्णबहादुर महराको जस्तै हालत हुने उक्त अडियोमा बोलेका छन । यस विषयले समाजमा अनैतिक गतिविधि गर्न प्रेरित गरेको भन्दै विवाद सृजना भएको छ ।

हामिसँग प्राप्त अडियोमा पत्रकार धानुकले अध्यक्ष महराको चरित्र हत्या हुनेगरि अपाच्य शब्द प्रयोग गरेका छन । अडियोमा अध्यक्ष केही जाने नबुझेको र अहिले पैसा पाएर मात्तिएकोले यसलाई कुनै पनि सडयन्त्रमा फसाउनु पर्ने भनेका छन ।
पत्रकार धानुक तातो बहस कार्यक्रमका सञ्चालक तथा क्यापिटल लाईभ न्यूज अनलाइन पत्रिकाका प्रबन्ध निर्देशक हुन्

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्