काँग्रेसले केन्द्रीय कार्यसमितको बैठक बोलायो

File Photo

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा कोरोना भाइरस (कोभिड( १९) महामारीका सम्बन्धमा छलफल हुने छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन निर्देशन दिइएको छ । लकडाउनकै बीच काँग्रेसले तेस्रो पटक केन्द्रीय समिति बैठक बोलाएको छ । यसअघि बैशाख १७ गते र जेठ १७ गते दुई पटक केन्द्रीय समिति बैठक भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्