भारतको केरलमा हात्ती पछि हिमाञ्चलमा गर्भवती गाईलाई विष्फोटक पदार्थ खुवाइयो

एजेन्सी – भारतको हिमाचल प्रदेशमा गर्भवती गाईलाई विष्फोटक पदार्थ खुवाउने एक जना पक्राउन परेका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार यो मुद्दा बिलासपुर जिल्लाको झण्डुटा थाना क्षेत्रको ददार गाउँमा भएको हो । यस गाँउका बस्ने गुरदियाल सिंहले उनको गाईलाई विस्फोटक पदार्थ खुवाएर गाइको शरीरमा चोट पु¥याएको गुनासो प्रहरीमा दर्ता गरेका थिए ।

एएनआईका अनुसार बिलासपुरको पशुपालन विभागका उप निर्देशकले घटना भएको समयमा गाई गर्भवती रहेको बताए । गाईको मुखको माथिल्लो र तल्लो भागमा विस्फोटकको कारण चोट लागेको छ । नायब निर्देशकका अनुसार यो घटना मे २५ मा भएको थियो, विस्फोटकहरूले कथित जंगली जनावरहरूलाई खेतबाट टाढा राख्ने उद्देश्यले राखेका थिए तर गाईले खाएछ, पशु चिकित्सक २६ मेमा गाईको उपचार गर्न पुगेका थिए ।

अर्कोतर्फ झण्डुटा प्रहरी चौकीका एसएचओले भनेका छन् कि गाईका मालिक गुरदियाल सिंहको गुनासोको आधारमा उनको छिमेकीलाई पक्राउ गरिएको छ र उनीमाथि पशुविरोधी विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ । अब उनलाई अदालतमा हाजिर गरिनेछ ।

स्रोतः बीबीसी

 

यो पनि पढ्नुहोस् 

भारतमा खानाको खोजीमा रहेकी गर्भवती हात्तीको विष्फोटक पदार्थ खुवाएर विभत्स हत्या

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्