बाराको पथलैयामा नेपाली सेनाको ब्यारेक राखेकोमा सांसद गिरि आक्रोशित (भिडियो सहित)

काठमाडौं – राजपा नेपालकी सांसद सरिता गिरीले बाराको पथलैयामा नेपाली सेनाको ठूलो ब्यारेक राखेकोमा आपत्ति जनाएकी छिन् । साथै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको नाममा नेपाली सेनाको एयर बेस बनाउन लागेको भन्दै सरकारको जवाफ माग गरेकी छिन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमाथि धारणा राख्ने क्रममा सांसद गिरीले सरकारले बजेटमा सेनाको एयर बेस स्थापना गर्ने कुरा ल्याएको बताउँदै ठाउँ नतोके पनि आफूलाई थाहा भएको जिकिर गरिन् । उनले सेनालाई फास्ट ट्रयाक बनाउन दिएर सरकारले गलत काम गरेको बताउँदै निजगढमा सरकारले दुई तीन बर्षदेखि सेनाको एयर बेस बनाउन थालेको भन्दै आपत्ति जनाइन् ।

उनले सभामुखलाई आफूले राष्ट्रिय सुरक्षाको विषयमा कुरा गर्न लागेको बताउँदै सेनालाई बंकरबाट निकालेर कहाँ लैजान लागेको भन्दै उनीहरुलाई दक्षिण सिमाना लैजाने कि उत्तरीमा सिमानामा लैजाने भन्दै प्रश्न गरिन् । यसलाई सरकारले स्पष्ट पार्न माग गर्दै चीनले ३५ हेक्टर जमिन कब्जा गरेर राखेकोले उत्तरमा सेनाको पोष्ट बनाइन्छ ? भन्दै प्रश्न गरिन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्