दार्चुलाको अपि हिमाल गाउँपालिकामा काग्रेसबाट निर्वाचित वडाअध्यक्ष नेकपामा प्रवेश

गणेश सिंह धामी दार्चुला
दार्चुला – अपिहिमाल गाउँपालिका वडा नम्बर–५ का वडा अध्यक्ष दिलिपसिह धामी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनी स्थानीय तह निर्वाचनमा नेपाली काग्रेसबाट निर्वाचित भएका थिए । नेकपा अपिहिमाल गाउँ कमिटी सचिव धर्मसिह धामीको अध्यक्षतामा बसेको बैठकले धामीलाई नेकपामा स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी, नेकपा दार्चुला सचिवालय सदस्य एवं अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालल, अपिहिमाल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गामसिह धामी, मार्मा गाउँपालिका ५ का वडाअध्यक्ष एवं नेकपा जिल्ला कमिटी सदस्य सुरेन्द्रसिह महता लगायतले टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।
धामीले विगत एक वर्षदेखि नेकपामा प्रवेशको तयारी गर्न थालेको उपहार खबर लाई बताए । अपि हिमाल गाउँपालिकाका ६ वटा वडा मध्ये नेपाली काग्रेसले २ वटा वडामा स्थानीय तहमा विजय प्राप्त गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्