प्रदेश २ मा ८३ जना कोरोना संक्रमित थपिए, कुल संख्या १ हजार १४९ पग्यो

वीरगञ्ज – पछिल्लो २४ घण्टामा प्रदेश २ मा ८३ जना कोरोना संक्रमित थपिएका छन् ।

विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणका क्रममा ८३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ ।
सर्लाहीमा ७४ जना, महोत्तरीमा ५ जना, सिराहामा २ जना, धनुषामा १ जना र रौतहटमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्