बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौं – बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले हालसम्म पाँच जनालाई पक्राउ गरेको छ । राजस्थान प्रहरीको ‘एन्टी ग्याङस्टार टास्क फोर्स’ (एजीटीएफ) र कोटा प्रहरीले संयुक्त कारबाही गर्दै सोमबार तीन जना आरोपितलाई कोटा रेलवे स्टेसनबाट पक्राउ गरेको हो ।

प्रारम्भिक जानकारीअनुसार पक्राउ परेका तीनै जना मुम्बईबाट दिल्ली जाँदै गरेको रेलमा सवार थिए । उनीहरू दिल्ली जाने क्रममा कोटामा पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये दुई जना हरियाणाका र एक जना महाराष्ट्रका बासिन्दा रहेको बताइएको छ । प्रहरीका अनुसार उनीहरू अभिनेता श्राफमाथि गोली प्रहार गर्ने समूहका प्रमुख सदस्य हुन् ।

यसैबीच, अर्का एक आरोपितलाई सोमबार नै महाराष्ट्र-गुजरात सीमाबाट पक्राउ गरिएको छ । यसअघि आइतबार पनि एक जना पक्राउ परेका थिए । घटनामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परे पनि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्