नायिक बर्षा राउतको स्पष्टिकरणः ‘अब आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु’

काठमाडौँ – नायिका वर्षा राउतको अभिव्यक्तिले शनिबारदेखि सामाजिक संजाल तातेको छ । उनले, अब आफूले भारतीय साथीहरुसँग कसरी कुरा गर्नु भनेर दिएको एक अभिव्यक्तिपछि उनको चर्को आलोचना भएको छ । सामाजिक संजाल र मिडियामा आलोचना भएपछि नायिका राउतले सामाजिक संजालबाट स्पष्टिकरण दिदै क्षमा मागेकी छिन् ।

नायिका राउतले लेखेकी छिन्–‘कलाकार हुँ, त्यसमाथि भावूक स्वभावकी छु । त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर, एउटा अन्र्तवार्तामा लिएर जुन हो–हल्लागरियो । यसले मलाई भावानात्मक ठेस पुगेको छ । प्रत्यक्ष प्रशारण भैरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुके होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मन भित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकती पनि चुकेकी छैन । अलिकती पनि तल–माथि परेकी छैन ।’

वर्षाले आफू नेपाली भएकोमा गर्व छ पनि भनेकी छिन् । वर्षा अगाडि लेख्छिन्–‘हाल लिम्पियाधुरा, लिपुलेक र कालापनीसम्मको भूमिलाई समेटेर जुन नक्शा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्ठता देखाएको छ, म त्यसको समर्थनमा अग्रपंक्तिमा उभिन तयार छु । तर, म जस्तो एउटा व्यक्ति, एउटा नागरिकले मात्र समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । वार्ता गर्ने उचित वातावरणको समर्थन गर्नुपर्छ । सत्य र तथ्यको समर्थन गर्नुपर्छ ।’

वर्षाले दुई छिमेकीको प्रगाढ सम्बन्धको समर्थन गर्नेपर्ने भन्दै हाम्रो रोटी र बेटीको सम्बन्धको पनि समर्थन गर्न आवश्यक रहेको खुलाएकी छिन् ।

नायिका राउतले एक युटुबमा दिएको अन्र्तवार्तामा–‘दुई देशको मिडियाले झगडाको माहोला बनाउँदा भारतीय साथीसँग आफूलाई बोल्न पनि अप्ठ्यारो भएको बताएकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्