आणविक क्षमता वृद्धिका विषयमा सैन्य अधिकारीसँग छलफल गर्दै किम

काठमाडौँ – उत्तर कोरियाली नेता किम जोङ उनले देशको आणविक क्षमता वृद्धिका लागि नयाँ नीतिका विषयमा सैन्य अधिकारीसँग छलफल गरेका छन् । अमेरिकासँगको निःशस्त्रीकरण वार्तामा ढिलाइ भइरहेका बेला उनले यस्तो छलफल गरेका हुन् ।

पछिल्लो तीन सातायता किम सार्वजनिक रुपमा यसरी देखिएको यो पहिलो अवसर हो । उनी अन्तिमपटक १ मेमा सार्वजनिक भएका थिए ।

पछिल्ला दुई महिनामा कोरोनाभाइरसको चिन्ताका कारण उनी निकै कम मात्र बाहिर निस्किएका छन् । उत्तर कोरियामा कोरोना भाइरसबाट बच्नका लागि कडाइ गरिएको छ, यद्यपी अहिलेसम्म कोरोनाको संक्रमण देशमा नदेखिएको उसको दाबी छ । गत महिना आफ्ना हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्तीमा उनी उपस्थित नहुँदा सामाजिक सञ्जालमा उनको मृत्यु भइसकेको हल्लासमेत फैलिएको थियो ।

गत वर्षयता अमेरिका र उत्तर कोरियाबीचको निःशस्त्रीकरण सम्बन्धी वार्तामा निकै कम प्रगती भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीपछि यो अझै ओझेलमा छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार बैठकमा सैन्य दस्ताको प्रवद्र्धन गर्ने र शत्रु तर्फबाट हुने साना वा ठूला खतरालाई नियन्त्रण गर्ने विषयमा छलफल भएको छ । –एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्