जम्मु–कश्मीरको श्रीनगर क्षेत्रमा सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड

काठमाडौं – जम्मु–कश्मीरको श्रीनगर क्षेत्रमा सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड भएको छ । सोमबार राति दुई बजेदेखि मुठभेड जारी रहेको भनिए पनि क्षतिको विवरण आइसकेको छैन ।

कश्मीर प्रहरीले ट्वीट गरेर भनेको छ, ‘श्रीनगरको कानेमजार नवाकदल इलाकामा इन्काउन्टर सुरु भएको छ । जम्मु–कश्मीर प्रहरी र सीआरपीएफले आफ्नो काम गरिरहेका छन् । थप जानकारी पछि दिइने छ ।’ श्रीनगर क्षेत्रमा अहिले इन्टरनेट र मोबाइल सेवा बन्द गरिएको छ । बीएसएनएलको पोस्टपेड सेवा भने चलेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्