रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु

रोल्पा – रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१ का २२ वर्षीया युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालले जनाएको छ ।
काठमाण्डौमा मृगौलाको डायलसिस गराइरहेका उनी आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेशनमा बसेका थिए । ज्यान गुमाएका युवकको नमुना संकलन गरी परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाएको अस्पताले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्