चीन सरकारले भोटेकोशी गाउँपालिकालाई दियो स्वास्थ्य सामग्री

सुशील सुवेदी
सिन्धुपाल्चोक – चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकालाई चीनको नेलम कन्ट्रीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

चीनको नेलम कन्ट्री र खासा प्रशासनका उच्च अधिकारीहरुले नेपाल चिन सीमा मितेरी पुलमा भोटेकोशी गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

एक महिना अघि सम्पन्न सीमा सुरक्षा बैठकमा नेलम कन्ट्रीको तर्फबाट सीमा जोडिएका जिल्लालाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने चीनको तर्फबाट प्रतिवद्धता भएको थियो । सोही प्रतिबद्धता अनुसार सोमबार बिहान चिनियाँ अधिकारीहरुले स्वास्थ्य सामग्री प्रदान गरेको भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिइन् ।

चीनको नेलम कन्ट्रीबाट मेडिकल माक्स ५ हजार थान, एन ९५ माक्स २ हजार थान,इन्फ्यारीड थर्म्मिटर ५ थान,सामान्य थर्म्मिटर ५० थान,आइशोलेशन गाउन ५० र २ सय थान पीपीइ सेट गाउँपालिकालाई हस्तान्तरण भएको भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष शेर्पाले जानकारी दिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्