मंगलबार देखि भारतमा रेलसेवा सञ्चालन हुँदै

काठमाडौँ – लकडाउनका कारण अन्य राज्यमा फसेका श्रमिकको उद्धारका लागि भारतमा रेलसेवा सुरु हुँदैछ । रेलवेको नयाँ आदेशअनुसार अब मंगलबारबाट फेरि स्पेशल ट्रेन सुरु हुनेछ । अब यसमा १७ सय यात्रु अर्थात् ट्रेनमा जति सिट हुन्छ, त्यति नै यात्रु बस्न पाउनेछन् ।

सुरुवातमा १५ वटा रेलगाडी मात्रै सञ्चालन गरिनेछ, जो गन्तव्यमा पुगेर फर्कनेछन् । यो ट्रेन अब तीन स्टेशनमा रोकिनेछ ।

यसअघि पनि केन्द्र सरकारले सबै राज्यसँग अपिल गर्दै बीचबाटोमै फसेका श्रमिकका लागि विशेष रेलगाडी सञ्चालन गर्न अनुमति दिएको थियो । प्रवासी मजदूरहरुले कोरोना भाइरस महामारीका कारण लकडाउनका दौरान खतरा मोलेर लामो यात्रा गरिरहेका छन् ।

रेल मन्त्रालयका अनुसार यसअघि १ मेईदेखि श्रमिकको उद्धारका लागि सुरु भएको कार्यक्रमअनुसार ३ सय ६६ वटा श्रमिक स्पेशल ट्रेन सञ्चालन गरिएको थियो र झन्डै ४ लाख प्रवासीहरुले घर जान यस्ता रेल प्रयोग गरे ।

बीबीसी हिन्दी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्