जेठ १५ गते सानो खालको बजेट ल्याउन काँग्रेसको सुझाव

काठमाडौँ – प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी जेठ १५ गते सानो खालको मात्र बजेट ल्याउन सुझाव दिएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा सांसद मिनेन्द्र रिजालले कोभिड १९को क्षति र असरहरू अहिले पूर्वानुमान गर्ने अवस्थामा आइनसकेकाले अहिले कमचलाउ प्रकृतिको बजेट ल्याउन र साउनतिर विस्वतृत पुरक अनुमान बजेट ल्याउन सुझाव दिएका हुन् ।

प्रतिपक्षीले दलका हैसियतमा नेपाली कांग्रेसले गठन गरेको छाँया सरकारको अर्थमन्त्री समेत रहेका रिजालले अहिले सरकारको राजश्वदेखि निजी क्षेत्रको अवस्था, पर्यटन उद्योगका क्षति, रेमिट्यान्समा पर्ने असरको पूर्वानुमान गर्न सकिने अवस्था आएपछि मात्र पूर्ण बजेट ल्याउनुपर्ने बताए । संविधानको धारा १२१ ले पुरक बजेट ल्याउने कल्पना गरेको छ ।

“अहिले कुन कुन क्षेत्रमा कति कति क्षति भएको छ र अझै कतिसम्म प्रभाव गहिरिँदै जान्छ कसैलाई थाहा छैन,” उनले भने, ‘क्षतिको पूर्ण अनुमान भएपछि पुरक बजेट ठूलो आकारको ल्याएर साउनतिर पुरक बजेट ल्याउनु उपयुक्त हुन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्