विदेशमै शव जलाउन दिए ५० हजार रुपैयाँ दिने निर्णय

काठमाडौं – सरकारले विदेशमा मृत्यु भएका कामदारको परिवारसँग विदेशमै शवको अन्त्यष्टि गर्ने अनुमति दिन आग्रह गरेको छ ।

विदेशमा मृत्यु भएकाहरुको शव ल्याउन चासो नदिएको सरकारले शवहरु त्यस्तो अनुमति दिए सम्बन्धित परिवारलाई सान्तवनारराहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

अहिले विदेशमा करिब १११ जनाभन्दा बढीको शब अलपत्र छ । कोभिड(१९ लागेर मृत्यु भएकाहरुको अन्त्यष्टी विदेशमै हुने भएपनि अन्य कारणले मृत्यु भएकाहरु परिवारले शव नेपाल आउने प्रतिक्षा गरिरहेका छन् ।

तर, वैदेशिक रोजगर बोर्डको सचिवालयले उनीहरुको शब विदशेमै अन्त्यष्टि गर्ने अनुमति दिन परिवारलाई बारम्बार आग्रह गर्दै आएको छ । बोर्डले सोमबार एक सूचना निकालेर विदेशमै रहेका आफ्ना नजिकका हकदारबाट अन्त्यष्टीका लागि सहमतिपत्र दिन आग्रह गरेको छ । श्रममन्त्री स्तरकै निर्णयबाट बोर्डले अन्तर्राष्ट्रिय उडानमा प्रतिवनध लागेपछि निधन भएका कामदारका परिवारलाई यस्तो सुविधा दिने निर्णय भएको बोर्डले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्