फिजमले गर्‍यो बडादशैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौँ – संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) ले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाडौँमा एक कार्यक्रमको अयोजना गरि फिजमले बडा दशैँ, तिहार, छठ तथा नेपाल संवत ११४५ को अवसर पारी शुभकामना आदान प्रदान गरेको हो । फिजमका सदस्य विद्यालयहरुको भेला गरि कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्याब्सनका महासचिव आरवी कटुवाल, फिजमका संरक्षक जय राई, फिजमका अध्यक्ष अमृतकुमार खड्काले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले फिजमले शिक्षाको क्षेत्रमा ठुलो योगदान दिएको धारणा राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्