नगरव्यापी हस्तलेखन प्रतियोगितामा अर्किड प्युपलका चार विद्यार्थी पुरस्कृत

काठमाडौं –  राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन)  कागेश्वरी मनोहरा नगर कमिटीद्वारा आयोजित नगरव्यापी हस्तलेखन प्रतियोगितामा अर्किड प्युपल सेकेण्डरी स्कुल, गोठाटारका चार विद्यार्थीले उत्कृष्ट स्थान हासिल गरेका छन्।

प्रतियोगितामा विद्यालयकी प्राथमिक तहकी विद्यार्थी पुण्य शिला भुजेलले अंग्रेजी हस्तलेखनतर्फ प्रथम स्थान हासिल गरेकी छन्। त्यसैगरी प्राथमिक तहकै नेपाली हस्तलेखनतर्फ सुप्रिया सिवाकोटीले द्वितीय स्थान हासिल गरेकी छन्। निम्न माध्यमिक तहको नेपाली हस्तलेखनतर्फ जेनिसा उप्रेतीले तृतीय स्थान हासिल गरेकी छन् भने सोही तहको अंग्रेजी हस्तलेखनतर्फ अनोज कटवालले तृतीय स्थान प्राप्त गरेका छन्। चारै विद्यार्थीले उत्कृष्ट स्थान हासिल गरेसँगै विद्यालयले उनीहरूको सफलताप्रति बधाई तथा शुभकामना व्यक्त गरेको छ।

विद्यालयका प्रिन्सिपल चोलेन्द्र बहादुर (सीबी) कार्की तथा विद्यालय परिवारले विद्यार्थीहरूको सफलताले विद्यालयलाई गौरवान्वित बनाएको बताएका छन्। उनीहरूले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सफलताको निरन्तरताको शुभकामना दिएका छन्।

विद्यालयले विद्यार्थीहरूको प्रतिभा पहिचान तथा विकासका लागि प्रतियोगिता आयोजना गरेकोमा नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीप्रति आभार तथा धन्यवादसमेत व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्