नेशनल प्याब्सन काठमाडौँद्वारा शुभकामना आदानप्रदान तथा एस.ई.ई. सम्मान कार्यक्रमको आयोजना

काठमाडौँ  – नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको शुभकामना आदान प्रदान तथा  एस.ई.ई. सम्मान कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको प्रमुख आतिथ्यता तथा नेशनल प्याब्सन काठमाडौँ जिल्लाका अध्यक्ष अमृत कुमार खड्काको अध्यक्षतामा काठमाडौँको कोटेश्वरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ४ जिपीए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने उत्कृष्ट नतिजा ल्याउने प्रत्येक विद्यालयका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । यसैगरी उत्ष्कृट नतिजा ल्याउने विषयगत शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले एसईईमा ल्याएको ४ जीपीए अर्थात सर्वात्कृष्ट जिपीएलाई आगामी दिनमा समेत कायम राखि शैक्षिक उन्नती गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो। यसैगरी उहाँले कर्णालीको शैक्षिक अवस्था र काठमाडौँका शैक्षिक अवस्थाबारे समेत चित्रण गर्नुभएको थियो । अबको समय शैक्षिक सुधारमा ध्यान दिनुपर्ने भएकाले कर्णालीको शिक्षालाई समेत ध्यानमा राखि शैक्षिक गुणस्तर कायम गर्नुपर्ने धारणा राख्नुभयो ।


कार्यक्रमा नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिका अध्यक्ष अमृत कुमार खड्काले दशैँ, तिहार, छठ तथा नेपाल संवत ११४५ को अवसरमा सम्पूर्ण शिक्षाप्रेमी, अभिभावक, विद्यार्थी तथा सम्पूर्णमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले शुभकामना व्यक्त गर्नुका साथै पछिल्लो शिक्षा प्रणालीको बारेमा व्याख्या गरेका थिए । यसैगरी विभिन्न नगर समितिका अध्यक्षहरुले शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम सञ्चालन नेशनल प्याब्सन सचिव रामबाबु सेडाईले गर्नुभएको थियो । कार्यक्रमको संयोजन भने नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटिले गरेको थियो । कार्यक्रमको सुरुवातमा नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटिका अध्यक्ष रन्जन न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेशनल प्याब्सन केन्द्रीय समितिबाट प्रकाश खड्का, नेशनल प्याब्सन काठमाडौँका सल्लाहकार खड्क बस्नेत, उपाध्यक्ष प्रेम कुमार भुजेल, समिर बास्तोला, बिजय श्रेष्ठ, सहसचिव शिवराम गिरी, प्राप्ती मल्ल, कोषाध्यक्ष टंक बहादुर थापा, नेशनल प्याब्सन काठमाडौँ महानगर सचिव सुनिल केसी लगायतको उपस्थिति रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्