गुरुकुल एकेडेमीले प्लस टुको लागि ल्यायो बिभिन्न बिधामा छात्रबृति योजना

घोराही  –  गुरुकुल एकेडमीले बिभिन्न बिधामा बिषेश छात्रबृति योजना ल्याएको छ । गुरुकुल एकेडेमीमा कक्षा ११मा भर्ना हुन आउने नँया विद्यार्थिहरुको लागि बिभिन्न बिधामा नँया छात्रबृति योजना ल्याएको गुरुकुल एकेडेमी प्लस टु विज्ञान संयोज अजय कुमार शाहले जानकारी दिनुभयो । विद्यालयले कक्षा ११ मा भर्ना हुने विद्यार्थिहरुको लागि प्रि रजिष्ट्रेशन गरेकाहरुलाई भर्ना शुल्कमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । साथै गुरुकुल एकेडेमीले कक्षा ११ को विज्ञान विषयको लागि मासिक शुल्क रु ५००० निर्धारण गरेको छ भने एसइईमा ए प्लस नतिजा ल्याउने विद्यार्थिहरुलाई मासिक शुल्कमा ५० प्रतिशत छुट हुने ब्यबस्था गरेको छ । यसैगरी ए ल्याउने विद्यार्थिहरुको लागि मासिक शुल्कमा ३० प्रतिशत छुटको ब्यबस्था गरीएको संयोजक शाहले बताउनुभयो । यसैगरी कक्षा ११ ब्यबस्थापन शंकायमा भर्ना हुन आउनेहरुको लागि मासिक शुल्क रु ४५०० निर्धारण गरीएको ब्यबस्थापन संयोजक राजन अधिकारीले जानकारी दिनुभयो । जसमा एसईईमा ए प्लस ल्याउने विद्यार्थिहरुलाई ५० प्रतिशत छुट हुने छ भने ए ल्याउनेलाई ३० प्रतिशत छुट र बि ल्याउने लाई मासिक शुल्कमा २० प्रतिशत छुट गरीने पनि संयोजक अधिकारीले बताउनुभयो । गुरुकुल एकेडेमीमा प्सल टु अध्ययण गरेका विद्यार्थिहरुले बिद्यालयको पठनपाठनमा कुनै कमि नभएको बताएका छन । साथै अभिभावकहरुले पनि प्लसटुका लागि गुरुकुलनै रोज्ने गरेका छन । गुरुकुलबाट प्लस टु गरेका विद्यार्थिहरुले पुलचोक इन्जिनियरीङ क्याम्पस लगायत बिभिन्न बिधामा छात्रबृतिमा नाम निकाल्न सफल भएको विद्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्