बेइजिङ, २९ पुस । मध्य चीनको एक कोइला खानीमा भएको बिष्फाेटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।
चिनिया सञ्चार माध्यमका अनुसार सो दुर्घटनामा परी ६ जना कामदार बेपत्ता भएका छन् ।
स्थानीय आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार पिंगडिङ्सन सहरको खानीमा उद्धार कार्य जारी राख्ने र शहरव्यापी सुरक्षा जाँच गर्ने बताएको छ।
सो भयानक दुर्घटना हुँदा सो कोइला खानीमा जम्मा ४२५ जना भूमिगत काम गरिरहेका थिए । पिङडिङसानको आपतकालीन व्यवस्थापन ब्यूरोका अनुसार स्थानिय समय अनुसार शुक्रबार दिउँसो करिब २ः५५ बजे पिङडिङसान तियानान कोल माइनिङ कम्पनीको स्वामित्वमा रहेको खानीमा कोइला र ग्यास निस्किएर दुर्घटना भएको जनाएको हो ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको आपतकालीन निकायले जनाएको छ ।