अमेरिकी राष्ट्रपति भन्छन, ‘लालसागरमा अबरोध गरे हुथी बिद्रोहीलाइ कारबाही गरिनेछ’

वासिंगटन डिसी, २९ पुस । अमेरिकी राष्ट्रपति जो बाइडेनले लाल सागरमा अबरोध र हमला जारी राखे यमन समर्थित हुथी समुहलाइ थप कारबाही गर्ने चेतावनी दिएका छन् ।

 

अमेरिकी राष्ट्रपतिले पत्रकारहरूलाई भनेका छन् कि लाल सागरमा व्यावसायिक जहाजमा आक्रमण गर्न जिम्मेवार यमन समूह माथी कारबाही जारी रहनेछ । र, उनका अनुसार अमेरिका लगायतले गर्ने कारबाहीका बारेमा इरानलाई सन्देशसमेत पठाइ सकिएको जनाएको छ।

 

‘हामीले यसलाई निजी रूपमा डेलिभर गर्यौं र हामी विश्वस्त छौं कि हामी राम्रोसँग तयार छौं,’ बाइडेनले पत्रकारसँग भने ।

 

इरान–सम्बन्धित समूहले आफ्ना सुविधाहरूमा शृंखलाबद्ध आक्रमणको बदला लिने चेतावनी दिएपछि अमेरिकाले हुथीहरू विरुद्ध हिजो लगातार दोस्रो दिन पनि नयाँ आक्रमणहरू जारी राखेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्