हिजबुल्लाहका लक्ष्यमा इजरायलद्दारा निरन्तर आक्रमण

तेलअहिब, २८ पुस । इजरायली सेनाले लेबनानमा हिजबुल्लाहको लक्ष्यमा आक्रमण गरेको छ ।

इजरायली सेनाका अनुसार लेबनानमा हिजबुल्लाहले प्रयोग गरेको ‘आतंकवादी पूर्वाधार’ मा प्रहार गरेको हो । हिजबुल्लाहका कारण इजरायल र लेवनाको  उत्तरी सीमामा तनाव उच्च गतिमा बढीरहेको छ।

 

शुक्रबार एक सामाजिक सञ्जाल पोस्टमा इजरायली सेनाले भने कि इजरायली जेटहरूले मिस अल जबल र काफ्र यारिन क्षेत्रमा लक्ष्यहरू प्रहार गरेका छन ।

 

साथै, लेबनानबाट प्रहार गरिएका धेरै क्षेप्यास्त्रहरू उत्तरी इजरायलको खुला ठाउँमा खसेको पनि इजरायली सेनाको भनाइ छ ।

 

तर, यो घटनामा के कति हताहत र क्षति भएको छ, त्यो भने खुलाइएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्